दफा २१
दण्ड सजाय
(१) दफा ६ को उपदफा (२) वा दफा १२ को उपदफा (२) को बर्खिलाप काम गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा पाँचसय रुपैयाँसम्म जरीवाना वा दुबै सजाय हुनेछ ।
(२) दफा १० को बर्खिलाप काम गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा पाँचसयरुपैयाँसम्म जरीवाना वा दुबै सजाय हुनेछ ।
(३) दफा १७ को बर्खिलाप काम गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरीवाना वा दुबै सजाय हुनेछ र नोक्सानीको बिगो समेत त्यस्तो व्यक्तिबाट असुल गरिनेछ ।
(४) यो ऐनको अन्य दफा वा यस ऐन अन्तर्गत बनेको नियमहरुको बर्खिलाप काम गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा पाँचसय रुपैयाँसम्म जरीवाना वा दुबै सजाय हुनेछ ।
(५) यस ऐन अन्तर्गत सजाय हुने कसूरसित सम्बन्धित औजार, चौपाया, सवारी साधन र माल वस्तुहरु जफत हुनेछन् ।